धादिङ ११ श्रावण
धादिङमा सोमबार ७१ जनामा कोभिड–१९ पुष्टि भएको छ । सोमबार थपिएका संक्रमितहरुमा गजुरीमा २ जना, त्रिपुरासुन्दरीका ५ जना, गंगाजमुनाका २ जना, गल्छीमा ११ जना, धादिंग अस्पतालमा परीक्षण गराएका १८ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै सोमबार जिल्लामा डिस्चार्ज हुनेको संख्या ३५ रहेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ६३ पुगेको छ । यस्तै जिल्ला हस्पिटल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ३ र होम आइसोलेसनमा ५ सय ४७ जना रहेका छन् । सोमबार धादिङ्ग हस्पिटलमा ५ स्वाब संकलन भएको छ । १ सय २८ एन्टिजेन परीक्षण मध्ये ३३ जनामा पोजिटिभ देखिएको हो ।
प्रतिक्रिया दिनुहोस