धादिङ ११ श्रावण
अब कोरोना भाइरस विरूद्धको खोप लगाउन अनिवार्य अनलाइन दर्ता नम्बर चाहिने भएको छ । स्वास्थ्य कार्यालय धादिङले एक सूचना जारी गर्दै ५० वर्ष वा सो भन्दा मुनिका नागरिकले विद्युतीय दर्ता नम्बर ल्याए मात्र कोभिड १९ विरुद्धको खोप लगाउन पाउने जानकारी दिएको हो ।
५० वर्ष भन्दा कम उमेरका नागरिकले कोभिड १९ विरुद्धको खोप लगाउन अनलाइन दर्ता नम्बर ल्याउनु पर्नेछ भने अनलाइन दर्ताको लागि www.vaccine.mohp.gov.np मा गएर फारम भर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस