धादिङ ११ श्रावण
आर्थिक वर्ष २०७७/०७८ मा धादिङ जिल्लामा २ हजार ७ सय ६६ पौण्ड रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको तथ्याङ्क अनुसार २०७७ साल श्रावण १ गतेदेखि २०७८ साल आषाढ ३१ गतेसम्म धादिङ जिल्लाका ६ सय ६९ महिला र २०९७ पुरुषले रक्तदान गरेका छन् । यो वर्ष ३० वटा संघ संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
सबैभन्दा धेरै नेपाल रेडक्रस सोसाइटी धुनिबेसी उपशाखाले आयोजना गरेको कार्यक्रममा २ सय २ जनाले गरेका छन् यस्तै दोस्रो नम्बरमा नेपाली काङ्ग्रेस ज्वालामुखी कार्यसमितिले आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय १ जना र तेस्रो नम्बरमा टोल सुधार महासमिति धादिङले आयोजना गरेको कार्यक्रममा १ सय १४ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी धादिङको सक्रियता तथा रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राबिधिक सहयोगमा जिल्लामा विभिन्न समयमा रक्तदान कार्यक्रमको आयोजना हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस