धादिङ ११ श्रावण
नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने बताएका छन् ।
त्यस्तै समितिको बैठकमा मन्त्रालयका सहसचिव गंगा लोहनीले मंसिरमा पुनः संक्रमण बढ्न सक्ने सम्भावना बढि रहेकोले सबैलाई सतर्क रहन आग्रह गरेका छन् भने खोपको प्रयोग र जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालना गरेमा कोरोनाको तेस्रो लहरलाई रोक्न सकिने लोहनीले बताएका छन् ।
साभार :रातो पाटी
प्रतिक्रिया दिनुहोस