धादिङ ११ श्रावण
नेकपा(माओवादी केन्द्र) जिल्ला पार्टी कार्यालय निर्माणका लागि माओवादी केन्द्र धादिङका इन्चार्ज एवं प्रदेश सांसद सालिकराम जम्कट्टेलले रु. १ लाख सहयोग गर्नुभएको छ । आइतबार जिल्ला अध्यक्ष विजय बुर्लाकोटीलाईलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।
केही महिना अगाडि जिल्ला पार्टीको बैठकले धादिङबेसीमा पार्टी कार्यालय भवन निर्माण गर्ने निर्णय गरेसँगै यतिबेला पार्टी नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको छ । केही समय अगाडि जिल्ला नेता दिपक विश्वकर्माले पनि आफ्नो जन्मदिनको अवसर पारी रु. १ लाख ५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
सहयोग रकम जुट्ने क्रम जारी रहेकाले केही समयमा जग्गा खरिद प्रकृयामा गएर यो आर्थिक वर्षमै कार्यालय भवन निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढेको जिल्ला अध्यक्ष विजय बुर्लाकोटीले जानकारी दिनुभयो । सहयोग गर्न चाहने पार्टी नेता तथा कार्यकता एवं सुभचिन्तकहरुलाई सानिमा बैंक धादिङ शाखामा UCPN(M)District Committee Dhading नाममा रहेको खाता नम्बर ००४०१००१०००००३५ मा रकम जम्मा गर्न सकिने जानकारी दिनुभयो ।
पार्टी कार्यालय भवन निर्माणका लागि हालसम्म सहयोग गर्नेहरुको नामावली :
हरि डल्लाकोटी रु.२ लाख
दिपक विश्वकर्मा १ लाख ५ हजार (प्राप्त हुन बाकी)
सालिकराम जम्कट्टेल रु.१ लाख
विष्णु प्रसाद उप्रेती रु.१ लाख
राम कुमार श्रेष्ठ रु.५० हजार
नवराज लम्साल रु.३१ हजार ५ सय
चन्द्र लम्साल रु.२१ हजार १ सय ५१
बासु बास्कोटा रु.२५ हजार
राजन लम्साल रु.२१ हजार
राम बहादुर तामाङ रु.५ हजार १ सय १०
लक्ष्मण रम्तेल रु.२१ हजार १ सय ५१ (प्राप्त हुन बाकी)
प्रतिक्रिया दिनुहोस