धादिङ ०८ श्रावण
चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै मृत फेला परेका नीलकण्ठ–१३, धादिङ स्थायी घर भएका भरत गुरुङको हत्यामा उनकै गणका सिपाही गंगाधर ढकालको संलग्नता रहेको प्रहरीले पुष्टी गरेको छ । नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत गुरुङको बिहिबार गोली हानी हत्या भएको थियो ।
गुरुङको हत्या गरेको अभियोगमा उनकै गणका सिपाही गंगाधर ढकाललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएस्पी सूर्य थापाका अनुसार ढकालले मृतक गुरुङको बैंक खाता किर्ते गरेर ९ लाख रुपैयाँ निकालेको र सोही विषय लुकाउन हत्या गरेको जानकारी दिनुभयो । प्रहरीले उनको साथबाट एकथान एसएमजी समेत बरामद गरेको छ ।
मृतक गुरुङ नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत रहेको खुलेपछि प्रहरीले उनीसँगे बिदामा गएका ढकालको विषयमा समेत अनुसन्धान गरेको थियो । शान्ति मिशनबाट भर्खरै फर्किएका गुरुङलाई जग्गा देखाउन भन्दै चितवन लगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस