धादिङ ०८ श्रावण
धादिङमा शुक्रबार ३२ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार थपिनेमा गल्छी गाउँपालिकाका १ जना, गजुरी गाउँपालिकाका २ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका १२ जना, खनियाबास गाउँपालिकाका ९ र धादिङ अस्पतालमा परीक्षण गराएका ८ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
शुत्रबार ६१ जना डिस्चार्ज भएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ९१ पुगेको छ । सक्रिय संक्रमितमध्ये हस्पिटल आइसोलेशनमा १४ जना संस्थागत आइसोलेशनमा ६ जना र होम आइसोलेशनमा ५ सय ७१ जना रहेका छन् । शुक्रबार सिद्धलेक गाउँपालिकामा १४ जनाको स्वाब संकलन भएको छ । जिल्लामा १ सय ३० जनाको एन्टिजेन परिक्षण मध्ये ३२ जनामा पोजिटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस