धादिङ ०८ श्रावण
धादिङको नीलकण्ठ नगरपालिका वडा नं.–६ स्थित सुनौलाबजार स्वास्थ्य चौकीमा शुक्रबार कोरोना बिरुद्धको खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । अमेरिकन कम्पनी जोनसन एण्ड जोनसनद्धारा उत्पादित एक मात्रा मात्र लगाए पुग्ने जानसेन खोप लगाएका ७८ वर्षीय नर बहादुर श्रेष्ठको खोप लगाएको अन्दाजी ३० मिनेटमा मृत्यु भएको आफन्तहरुको भनाई छ । यस विषयमा धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झासँग बुझ्दा प्राकृतिक मृत्यु वा कोरोना खोपको असर कुन हो पोष्ट मार्टम गरेर मात्र पत्ता लाग्ने बताउनु भयो ।
उनको शव पोस्ट मार्टमका लागि काठमाडौँ लगिएको छ । खोप केन्द्रमा उनी हिँडेरै पुगेका थिए । खोप लगाएर उनी आधा घण्टासम्म खोप केन्द्रमै बसेको र घर पुगेपछि १० मिनेटमा उनलाई चक्कर लागेको आफन्तले बताए । नीलकण्ठ नगरपालिकाले वडा नम्बर ६ स्थित सुनौला बजार स्वास्थ्य चौकीमा खोप कार्यक्रम सञ्चालन गरेको थियो ।
यस्तै खोप लगाएका वृद्धको निधन भएसँगै धादिङका विभिन्न खोप केन्द्रमा खोप लगाउन लाइनमा बसेका नागरिकहरु त्रसित भएका छन् । कतिपय लाइनबाटै खोप नलगाई फर्केको पत्यक्षदर्शीले बताएका छन् ।
सुनौ डा. झासँग गरिएको टेलिफोन संवाद
प्रतिक्रिया दिनुहोस