धादिङ ०६ श्रावण
बुधबार धादिङमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा धुनिबेसी नगरपालिकामा ५, रुबिभ्यालि गाउपालिकामा १५ र धादिङ्ग हस्पिटलमा परीक्षण गराएका ९ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै बुधबार धादिङमा ६५ जना डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ५ सय ९२ पुगेको छ । जिल्ला हस्पिटल आइसोलेसनमा १७, संस्थागत आइसोलेसनमा १८ र होम आइसोलेसनमा ५ सय ५७ रहेका छन् । जिल्लामा बुधबार स्वाब संकलन भएको छैन । ६० एन्टिजेन परीक्षण गरिएकोमध्ये २९ जनामा पोजिटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस