धादिङ ०६ श्रावण
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको सचिवमा धादिङका श्याम कुमार श्रेष्ठ(श्याम सितल) निर्विरोध निर्वाचित भएका हुन् । एक दशकदेखि जापानमा बस्दै आएका उनले आफू सचिव पदमा निर्विरोध निर्वाचित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
एनआरएनए जापानको दुईजना सचिव हुने प्रवाधान अनुरुप दुई जनाको मात्रै सचिव पदमा उम्मेदवारी परेको थियो । उनी यसअघि गैर आवासीय नेपाली संघ नायोगा उपक्षेत्रको सचिवको जिम्मेवारीमा थिए । एनआरएनए जापानको निर्वाचन भने २७ जुलाईमा हुनेछ । निर्वाचनका लागि ९ हजार ३ सय मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस