धादिङ ०५ श्रावण
वृद्धि भएको भाडादर कार्यान्वयनको सुनिश्चितता नरहेसम्म सवारी सञ्चालन नगर्ने धादिङका यातायात व्यवसायीहरुले निर्णय गरेका छन् । मङ्गलबार संयुक्त प्रेस विज्ञप्ती निकाल्दै १० वर्षदेखि कायम रहेको भाडादर हालसम्म पनि समायोजन नभएकाले यातायात सञ्चालन गर्न नसकिने स्पस्ट पारेका हुन् । कायम नभएसम्मधादिङका यातायात व्यवसायीले बृद्धि भएको भाडादर कार्यान्वयको सुुनिश्चितता नभए सम्म सवारी संचालन नगर्ने बताएका छन्।
१० बर्ष अगाडी देखि सवारी साधनमा प्रयोग गर्ने ईन्धनको मुल्य पटक पटक बृद्धि भई रु ८५ प्रति लिटर हुँदा कायम भएको भाडादर हाल सम्म पनि समायोजन नभएकोे भन्दै पहिलाकै भाडादरमा सवारी सन्चालन गर्न नसकिने स्पष्ट पारेका हुन्। बढ्दो मुल्य बृद्धि, तलब बृद्धि, सवारी साधानको पार्ट पुर्जाको साथै अप्रत्यासित रुपमा गरीएको सवारी साधनको आयकर, रुटप्रमिट, जाँचपास, बिलबुक नवीकरण लगायतमा अत्याधिक रुपमा राज्यले कर बढाएकाले नेपाल सरकारकै निर्णय अनुसार २८ प्रतिशत भाडा बृद्धि गरीएको ज्ञिप्तिमा भनिएको छ ।
धादिङका ६ वटा यातायात व्यवसायीहरुले संयुक्त विज्ञप्ति निकालेर बृद्धि भएको भाडा दर कार्यन्वयन नभएसम्मको लागि यातायात सञ्चालन नगर्ने निर्णय गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस