धादिङ ०५ श्रावण
धादिङमा मङ्गलबार एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेमा गजुरीमा १८, बेनिघाट रोराङमा २१, गंगाजमुनामा १३, ज्वालामुखीमा ३, त्रिपुरासुन्दरीमा १२, धादिङ्ग हस्पिटलमा परीक्षण गराएकामध्ये ३३ रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
यस्तै मङ्गलबार धादिङमा ६० जना डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ६ सय २८ पुगेको छ । जिल्लामा हस्पिटल आइसोलेसनमा १७, संस्थागत आइसोलेसनमा १८ र होम आइसोलेसनमा ५ सय ९३ रहेका छन्। जिल्लामा मङ्गलबार स्वाव संकलन भएको छैन १ सय २८ एन्टिजेन परीक्षण गरिएकोमध्ये ५० जनामा पोजेटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस