धादिङ ०४ श्रावण
नेकपा एमाले माधव समूह शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने एमाले नेता राजेन्द्र पाण्डेले बताउनु भएको छ । सोमबार धादिङबेसीमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पाण्डेले केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार आफ्नै दम्भ, घमण्ड र भस्माशूर प्रवृतिका कारण सकिएको बताउनु भयो । लामो त्याग र बलिदानबाट प्राप्त उपलब्धीको रक्षाका निम्ति नेकपा एमाले माधव समूहले देउवा नेतृत्वको सरकारलाई सहयोग गरेको र व्यवस्था बचाउनकै लागि विश्वासको मत दिएको बताउनु भयो ।
माओवादी केन्द्र र नेकपा एमाले माधव समूहबिचको अबको सम्बन्ध कस्तो हुन्छ ? भन्ने कार्यकर्ताको बिप्लब, बाबुराम भट्टराई, जनमोर्चाका चित्र बहादुर केसी सहितका सबै कम्युनिष्ट पार्टीहरु एक भएर क्रान्तिकारी धारको पार्टी निर्मांण गर्दै अगाडि बढनुपर्ने धारणा राख्नुपर्छ । त्यो खालको कम्युनिष्ट पार्टीले मात्र राष्ट्रियताको रक्षा, स्वाधिन नेपाल निर्माण जनजीविका, भ्रस्टाचार नियन्त्रण गर्दै आर्थिक संमृद्धिको पाटोमा देश अगाडि बढ्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस