धादिङ ०३ श्रावण
त्रिभुवन विश्वविद्यालयले लिएको स्नातक तह बिबिएस चौथो वर्षको परीक्षामा गणेश हिमाल क्याम्पसका विद्यार्थी जिल्ला प्रथम र जिल्ला द्धितीय भएका छन् । ७५.२० प्रतिशत ल्याई सुनिल थापा जिल्ला प्रथम भएका हुन् भने ७५ प्रतिशत ल्याई सरोज मानन्धर जिल्ला द्धितीय भएका छन् । यस्तै क्याम्पसका ९० प्रतिशत विद्यार्थी उत्र्तीण भएका छन् ।
नीजि क्षेत्रबाट सञ्चालित गणेश हिमाल क्याम्पस धादिङ जिल्लाको शैक्षिक विकासमा उत्कृष्ठ र सबै विद्यार्थीको रोजाइ बन्न सफल भएको छ । हरेक वर्ष उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले जिल्लामै उत्कृष्ठता हासिल गर्दै गएको क्याम्पस प्रमुख ईश्वरी पाण्डेले बताउनु भयो ।
विद्यार्थीहरुको लगनशीलता र मिहिनेत, दक्ष तथा अनुभवी प्राध्यापकहरु र चुस्त क्याम्पस प्रशासनका कारण यस्ता खाले महत्त्वपूर्ण शैक्षिक उपलब्धी हासिल गर्न सकिएको पाण्डे बताउनु हुन्छ । गतवर्ष पनि त्रिभुवन विश्वविद्यालयले लिएको विविएस चौथो वर्षको परीक्षामा नविना श्रेष्ठले ७९.८ प्रतिशत ल्याई जिल्ला प्रथम र ७६.७ प्रतिशत ल्याई अशोक बसौला जिल्ला द्धितीय हुन सफल भएका थिए ।
प्रतिक्रिया दिनुहोस