धादिङ,०३ श्रावण ।
धादिङमा आईतबार ७२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा निलकण्ठमा १४, धुनीबेसीमा १, गल्छीमा १४, गजुरीमा ४, बेनिघाट रोराङमा ४, ज्वालामुखीमा ५, त्रिपुरासुन्दरीमा ५, गंगाजमुना ४, थाक्रे ३, सिद्धलेकमा ३, धादिङ अस्पतालमा परिक्षण गराएका १५ जना गरि ७२ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । हाल सम्म जिल्लामा संक्रमित हुनेको सङ्ख्या ७ हजार ७ सय २८ पुगेको छ ।
आईतबार थप ५९ जना डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ७ हजार २७ पुगेको छ भने सक्रिय केशको संख्या ५ सय ५९ रहेको छ । संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आईसोलेशनमा १५ जना, संस्थागत आईसोलेशनमा १७ जना र होम आईसोलेशनमा ५ सय २७ जना रहेका छन् । यसैगरी जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस