धादिङ ०२ श्रावण
धादिङका यातायात व्यवसायीहरुले गरेको सार्वजनिक यातायातको भाडा वृद्धिको बिरोध सुरु भएको छ । सरकारले अन्तर प्रदेश चल्ने लामो रुटका सार्वजनिक यातायातको मात्र भाडा वृद्धि गरकोमा धादङका यातायात व्यवसायीले समेत मनलाग्दी भाडा वृद्धि गरेको भन्दै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले भाडा शुल्क फिर्ता गर्न अपिल गरेको छ । जिल्ला संयोजक उपेन्द्र जम्कट्टेलले शनिबार एक विज्ञप्ती जारी गर्दै तत्काल वृद्धि गरेको भाडादर खारेजीको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस