धादिङ ०२ श्रावण
धादिङमा शनिबार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको ज्यान गएको छ । शनिबार थपिनेहरुमा नीलकण्ठमा ३, धुनिबेसीमा ९, थाक्रेमा ३, बेनिघाट रोराङमा १५, गजुरीमा १, गंगाजमुनामा १४, ज्वालामूखीमा ५, खनियाबासमा २ र धादिङ अस्पतालमा परीक्षण गराएका ६ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
यस्तै धुनिबेसी नगरपालिकाका ८२ वर्षीय महिलाको मृत्यु भएसँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ४६ रहेको छ । यस्तै धादिङ अस्पतालको आइसोलेशनमा ८, संस्थागत आइसोलेशनमा १४ र होम आइसोलेशनमा ५ सय २४ जना रहेका छन् ।
शनिबार शिद्धलेकमा १० र धादिङ अस्पतालमा २७ गरी ३७ जनाको स्वाव संकलन भएको छ भने १ सय ११ जनामा गरिएको एन्टिजेन परीक्षणमध्ये ५८ जनामा पोजेटिभ देखिएको छ । शनिबार ४४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस