धादिङ ०१ श्रावण
शुक्रबार धादिङमा १० जनामा कोरोना भाईरस पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा धुनिवेशी नगरपालिकामा २ जना र धादिङ अस्पतालमा स्वाव संकलन गराएका ८ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । योसँगै धादिङको सक्रिय संक्रमितको संख्या ५ सय ३३ रहेको छ ।
हाल धादिङ अस्पतालको आइशोलेशनमा ७ जना, संस्थागत आईसोलेशनमा १९ जना र होम आईसोलेशनमा ५ सय ७ जना रहेको छ । शुक्रबार जिल्लामा स्वाब संकलन भएको छैन । ५४ एन्टिजेन परीक्षणमध्ये १० जनामा पोजिटिभ देखिएको छ भने डिस्चार्ज हुनेको संख्या ५० रहेको छ ।
प्रतिक्रिया दिनुहोस