धादिङ ०१ श्रावण
धादिङका समाजसेवी तथा व्यवसायी सुवास बसेलले आफ्नो जन्मदिनको अवसर पारी धादिङ अस्पतालमा सहयोग सामग्री हस्तान्तरण गर्नु भएको छ । धादिङ अस्पतालका मेडिकल अधिकृतहरु डा. रामचन्द्र रिजाल, डा. सविन भण्डारीको उपस्थितिमा बसेलले अस्पताल लाइब्रेरीलाई १० वटा पुस्तक, आइसोलेशनमा उपचाररत कोभिड संक्रमित बिरामीहरुका लागि २० कार्टुन मिनरल वाटरका साथै अस्पतालको बगैँचाका लागि ८ वटा फूलका बिरुवा सहितको गमला सहयोग गर्नुभएको अस्पतालका सूचना अधिकृत विक्रम बि.क.ले जानकारी दिनुभयो ।
विभिन्न पार्टी र अनावश्यक रुपमा खर्च गरेर जन्मोत्सव मनाउनु भन्दा केही सकारात्मक र अरुका लागि पनि प्रयोगमा आउने काम गरेर जन्मदिन मनाउनु पर्ने बसेलको धारणा छ ।
प्रतिक्रिया दिनुहोस