धादिङ ३१ श्रावण
धादिङमा श्रावण ४ गतेदेखि कोरोना बिरुद्धको खोप अभियान सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार श्रावण ४ र ५ गते ५५ वर्षभन्दा माथिका पहिलो डोज नलिएका नागरिकहरु, विश्व विद्यालय र विद्यालयका शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा सङ्लग्न खोप लगाउन बाकी व्यक्तिहरु र खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिकहरुले भेरोसेल खोल लगाउने छन् ।
यस्तै श्रावण ८ र ९ गते अमेरिकाबाट सहयोग प्राप्त जोन्सन एण्ड जोन्सन कम्पनीको जेनसेन खोप ५० देखि ५४ बर्ष उमेर समूहका पहिलो मात्रा खोप लगाउन बाकी सबै नागरिकहरु, पूर्ण र अतिःअशक्त र अपाङ्गता भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका सरणार्थीहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु र सरसफाईकर्मीहरुले लगाउने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस