धादिङ ३१ श्रावण
विहिबार धादिङमा ३५ जनामा कोरोना भाईरस पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा गल्छीमा ५ जना, गजुरीमा ८, बेनिघाटमा १, ज्वालामुखीमा २, गंगाजमुनामा १, थाक्रेमा १, खानियाबासमा १ र धादिङ्ग अस्पतालमा परीक्षण गराएका १६ जना गरेर धादिङमा सक्रिय संक्रमित ५ सय ७३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । जिल्लाभित्र अस्पताल आइशोलेसनमा ६, संस्थागत आइसोलेसनमा १ र होम आइसोलेसनमा ५ सय ४९ जना रहेका छन् । बिहिबार जिल्लामा स्वाब संकलन भएको छैन । ६४ एनटीजेन परीक्षणमध्ये ३५ पोजिटिभ आएको छ भने डिस्चार्ज हुनेको संख्या ४८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस