धादिङ ३१ आषाढ
धादिङको उत्तरी क्षेत्रमा पर्ने रुविभ्याली गाउँपालिकामा वडा अध्यक्षमाथि नै राजनैतिक हस्तक्षप भएको छ । गाउँपालिकाको वडा नं. ५ का अध्यक्ष जिल्ला बाहिर भएको मौका पारी वडा नं. ६ का अध्यक्ष नरमान गुरुङले वडा नं. ५ को अध्यक्ष बनेर सिफारिस गरेका छन् ।
वडा नं. ५ का अध्यक्ष धिराज तामाङले सो कुराको खुल्लासा गर्दै आफू जिल्ला बाहिर रहेको समयमा वडा सदस्य दज्र्युङ तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएता पनि राजनैतिक हस्तक्षप गर्दै वडा नं. ६ का अध्यक्ष गुरुङले ५ नम्बर वडाको अध्यक्षको रुपमा सेवाग्राहीलाई सिफारिस बनाइदिएको बताएका छन् ।
तामाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपालको संविधान २०७२ को कुन धारा तथा उपधारा र स्थानीय तह ञ्ंचालन निर्देशिका ऐन २०७४ को कुन दफा र उपदफामा अर्को वडाका अध्यक्षले अध्यक्ष बनेर सिफरिस गर्न पाईने व्यवस्था छ भनेर प्रश्न गरेका छन् ।
यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीसँग कुरा गर्दै कानुनतः एउटा वडाको लेटरप्याडमा अर्को वडाको अध्यक्षले हस्ताक्षर गरेर विभिन्न सिफारिसहरु गर्न नमिल्ने बताउनु भयो ।
रुविभ्याली गाउँपालिका वडा नं. ५ का अध्यक्ष धिराज तामाङ नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन् भने वडा नं. ६ का अध्यक्ष नरमान गुरुङ राप्रपाबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
वडा अध्यक्ष तामाङको फेसबुक स्टाटस
प्रतिक्रिया दिनुहोस