धादिङ ३० आषाढ
बुधबार धादिङमा ६४ जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा धुनिबेसीमा ६, गल्छीमा ५, बेनिघाट रोराङमा ४, ज्वालामुखीमा ८, त्रिपुरासुन्दरीमा २५, गंगाजमुनामा १, थाक्रेमा ३ र धादिङ्ग अस्पतालमा परीक्षण गराएका १२ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै बुधबार १८ जना कोरोना मुक्त भएका छन् । हाल धादिङमा ५ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् ।
जिल्लाभित्र हस्पिटल आइसोलेसनमा ६, संस्थागत आइसोलेसनमा १७ र होम आइसोलेसनमा ५ सय ६३ जना रहेका छन् । यस्तै बुधबार गजुरीमा १५ स्वाब संकलन भएको छ भने जिल्लाभर १ सय ८३ एन्टिजेन परीक्षण गरिएकोमा ६४ जनामा पोजिटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस