धादिङ २९ आषाढ
२ सय ८ औँ भानु जयन्ती धादिङमा पनि मनाइएको छ । नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्झनामा धादिङबेसीमा रहेको भानुपार्कमा सरसफाई, वृक्षारोपण कार्यक्रम र भानुभक्त आचार्यको शालिकमा माल्यापर्ण गरिएको हो । नेपाली सेना, भानुभक्त स्मृति प्रठिष्ठान धादिङ, रेडक्रसकर्मी र स्थानीय साहित्यप्रेमीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस