धादिङ २९ आषाढ
मङ्गलबार धादिङमा ४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । थप पुष्टि हुनेमा धुनिबेसी नगरपालिकाका ४ जना, गल्छी गाउँपालिकाका ५ जना, गजुरी गाउँपालिकाका ८ जना, बेनिघाट रोराङ गाउँपालिकाका ३ जना, ज्वालामुखी गाउँपालिकाका ४ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ४ जना, थाक्रे गाउँपालिकाका ३ जना, खानियाबास गाउँपालिकाका १ र धादिङ्ग अस्पतालमा परीक्षण गराएकामध्ये १७ गरेर जिल्लामा ४९ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
यस्तै मङ्गलबार २४ जना संक्रमणमुक्त भएका छन् । हाल धादिङमा सक्रिय संक्रमितको संख्या ५ सय ४० रहेको छ भने जिल्लाभित्र हस्पिटल आइसोलेशनमा ७, संस्थागत आइसोलेशनमा १६ र होम आइसोलेशनमा ५ सय १७ जना रहेका छन् । जिल्लामा मङ्गलबार स्वाव संकलन भएको छैन १ सय २४ एन्टिजेन परीक्षण गरिएकोमा ४३ जनामा पोजेटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस