धादिङ २९ आषाढ
आफ्नो पालिकाका नागरिकलाई आवश्यक पर्दा रगत निःशुल्क प्रदान गर्ने गरी नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाले विभिन्न स्थानीय तहसँग सम्झौता गरेको छ । रेडक्रस धादिङका सभापति नारायण तिमल्सिनाका अनुसार हालसम्म जिल्लाका १३ स्थानीय तहले नागरिकहरुलाई निःशुल्क रगत उपलब्ध गराउनको लागि सम्झौता गरिसकेका छन् । यस्तै अन्य स्थानीय तहमा आषाढ मसान्तसम्ममा सम्झौता गरेर श्रावण १ गतेबाट धादिङ जिल्लाका सम्पूर्ण नागरिकहरुले आवश्कय रगत निःशुल्क पाउने व्यवस्था मिलाउने सभापति तिमल्सिनाले जानकारी दिनुभयो ।
अहिलेसम्म बेनिघाट रोराङ गाउँपालिकाले रु. १० लाख, गजुरी गाउँपालिकाले ५ लाख, ज्वालामुखी गाउँपालिकाले ५ लाख, खनियाबास गाउँपालिकाले ५ लाख ४५ हजार, नीलकण्ठ नगरपालिकाले ३ लाख ३ हजार, गंगाजमुना गाउँपालिकाले ३ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले २ लाख ९७ हजार ५ सय ८० र रुबीभ्याली गाउँपालिकाले २ लाख उपलब्ध गराएका छन् ।
सभापति तिमल्सिनाका अनुसार सम्झौता भएका स्थानीय तहका नागरिकहरुले भरतपुर, चितवन, पोखरा, कास्की, रक्तसंचार केन्द्र ललितपुर, रक्त संचार केन्द्र भक्तपुर, केन्द्रीय रक्तसंचार विभाग र रक्त संचार केन्द्र धादिङबाट आवश्यक मात्रामा निःशुल्का रुपमा रगत प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस