धादिङ २८ आषाढ
धादिङको गजुरीमा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् । सोमबार गजुरी रुद्रेश्वर आमा समूहको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५५ जना पुरुष र २० जना महिलाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका मन्त्री दुर्लभ कुमार तामाङले जानकारी दिनुभयो ।
कोरोना संक्रमणको समयमा रगत अभाव हुन नदिन विभिन्न समयमा रेडक्रस धादिङको अगुवाईमा रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस