धादिङ २८ आषाढ
धादिङमा सोमबार ८२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका २४ जना, ज्वालामुखी गाउँपालिकाका ४ जना, गल्छी गाउँपालिकाका ३ जना, धुनिबेसी नगरपालिकाका ७ जना, गजुरी गाउँपालिकाका २ जना, बेनिघाट रोराङ गाउँपालिकाका ५ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ६ जना, गंगाजमुना गाउँपालिकाका ३ जना, थाक्रे गाउँपालिकाका १ जना, खानियाबास गाउँपालिकाका ३ जना र धादिङ्ग अस्पतालमा परीक्षण गराएकामध्ये २४ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
यस्तै सोमबा जिल्लामा ५४ जना निको भएका छन् । हाल धादिङमा सक्रिय संक्रमितको संख्या ५ सय १५ पुगेको छ । जसमध्ये जिल्लाभित्र हस्पिटल आइसोलेशनमा १८ जना, संस्थागत आइसोलेशनमा १४ जना र होम आइसोलेशनमा ४ सय ८३ जना रहेका छन् । सोमबार जिल्लामा १ सय २९ एन्टिजेन परीक्षण गरिएको मा ५१ जनामा पोजेटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस