धादिङ आषाढ २८
नेत्रावती डवजोङ गाउँपालिका धादिङले सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीढितलाई १ लाख आर्थिक सहयोग गरेको छ । अविरल वर्षापछि असार १ गते आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्चीमा ठुलो जनधनको क्षेति भएको थियो । उक्त क्षेति न्यूनीकरण, राहत र पुर्नस्थापनाका लागि त्यस नगरपालिकाको मेलम्ची बाढीपीडित राहत तथा पुनस्थापना कोषमा उक्त रकम जम्मा गरिएको सूचना अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस