धादिङ २७ आषाढ
आइतबार धादिङमा ४१ जनामो कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा सिद्धलेक गाउँपालिकाका ४ जना, गजुरी गाउँपालिकाका १ जना, धुनिबेसी नगरपालिकाका ५ जना, थाक्रे गाउँपालिकाका १ जना ज्वालामुखी गाउँपालिकाका ४ जना, बेनिघाट रोराङ गाउँपालिकाका १२ जना, गङ्गाजमुना गाउँपालिकाका ५ जना र धादिङ अस्पतालमा परीक्षण गराएका ९ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
यस्तै आइतबार जिल्लामा ८२ जना डिस्चार्ज भएका छन् । हाल धादिङमा सक्रिय संक्रमितको संख्या ५ सय ८७ पुगेको छ । जिल्लाभित्र हस्पिटल आइसोलेशनमा २४ जना, संस्थागत आइसोलेशनमा १६ जना र होम आइसोशलेनमा ४ सय ४७ जना रहेका छन् । आइतबार नीलकण्ठ नगरपालिकामा ३६ र गजुरी गाउँपालिकाका ८ गरेर जिल्लामा ४४ स्वाब संकलन भएको छ । यस्तै १ सय ५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ३८ जनामा पोजेटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस