धादिङ २६ आषाढ
शनिबार धादिङमा २९ जनामा कोरोना पोजेटिभ देखिएको छ । जस अनुसार त्रिपुरासुन्दरी गाउँपालिकामा ८, खानियाबास गाउँपालिलकामा ३, रुबिभ्याली गाउँपालिकामा ७ र धादिङ्ग अस्पतालमा स्वाव संकलन गराएकामध्ये ११ गरेर २९ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । शनिबार धादिङ जिल्लाभर डिस्चार्ज हुनेको संख्या ३७ रहेको छ ।
यस्तै शनिबार नै कोरोना संक्रमणका कारण ज्वालामुखी गाउँपालिकाका एक ५० बर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै धादिङमा कुल मृतकको संख्या ७७ पुगेको छ । हाल धादिङमा सक्रिय संक्रमितको संख्या ५ सय २८ पुगेको छ ।
जिल्लाभित्र हस्पिटल आइसोलेसनमा २२, संस्थागत आइसोलेसनमा १६ र होम आइसोलेसनमा ४ सय ९० जना रहेका छन् । शनिबार जिल्लामा ५२ एन्टिजेन परीक्षण गरिएकोमा २९ जनामा पोजिटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस