धादिङ २६ आषाढ
कोभिड–१९ नियन्त्रण र रोकथामका लागि अपाङ्ग कल्याण सङ्घ धादिङले धादिङ अस्पताललाई ठुलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेको छ । जर्सी ओभरसिज एड र हयाण्डीक्याप इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा अपाङ्ग कल्याण सङ्घ धादिङद्धारा सञ्चालित कोभिड–१९ प्रतिकार्य सहायता कार्यक्रम अन्र्तगत १० लाख ७६ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको हो ।
शुक्रबार धादिङ अस्पतालमा आयोजित बृहत क्षति व्यवस्थापन योजना समीक्षा बैठकको अवसरमा उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । अपाङ्ग कल्याण सङ्घ धादिङका अध्यक्ष गुणराज खतिवडाले प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको रोहवरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमाला र मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुवन चन्द्र झालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरित स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सटे«टर, पल्स अक्सिमिटर, मास्क, फेस शिल्ड, पिपिई, अक्सिजन सिलिण्डर, टिभि, एलइडी बोर्ड लगाएतका रहेका छन् ।
धादिङ अस्पताल र अपाङ्ग कल्याण संघको आयोजनामा शुक्रबार नै बृहत क्षति व्यवस्थापन योजना सम्बन्धि समीक्षा बैठक सम्पन्न भएको छ । धादिङ अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरुमा स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेल लगायत विभिन्न सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
बैठकमा धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झा ले अस्पतालको विपद् व्यवस्थापन समिति र आपतकालीन प्रतिकार्य योजनाका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो भने । अपाङ्ग कल्याण संघका सुजन घलेले वृहत क्षति व्यवस्थापन योजना र यसका साझेदार संस्थासँगको समन्वयमा क्षति व्यवस्थापन तथा राहत र उद्धार कसरी गर्न सकिन्छ भन्ने बारे आफ्नो प्रस्तुति राख्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस