धादिङ २५ असार
सुरक्षित आप्रवासन सामी परियोजनाको विषयमा धादिङको नीलकण्ठ नगरपालिकाले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैदेशिक रोजगारको अवसर तथा चुनौती र आर्थिक बर्ष २०७७÷०७८मा सामी परियोजनाले सञ्चालन गरेको गतिविधिहरुहरुको विषयमा जानकारी गराउने उदेश्यले पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको सामी परियोजनाका लेखा अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो ।
नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा उप–मेयर मनराज भण्डारी, नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष गौतमहरी अधिकारी, नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष राजाराम शर्मा लगायतको आतिथ्यता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमा राष्ट्रिय तथा स्थानिय सञ्चार गृहमा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले वैदेशिक रोजगारको अवसर, चुनौती, स्थानीय तहले खेल्नुपर्ने भुमिका र चालु आर्थिक बर्षमा सामी परियोजनाले सञ्चालन गरेको कामहरुको बारेमा जानकारी गराउनु भएको थियो । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनको लागि सञ्चालन भएको सामी परियोजनाले पाँचवटा क्षेत्रमा काम गर्दै आईरहेको दुवाडीले जानकारी गराउनु भएको थियो ।
आप्रवासी श्रोत केन्द्रबाट वैदेशिक रोजगारको विषयमा जानकारी गराउने, वैदेशिक रोजगारको शिलशीलामा ठगीमा परेकाहरुलाई न्यायमा पैरवीे, निःशुल्क सिपको लागि समन्वय, वैदेशिक रोजगारबाट भित्रिएको रेमिट्यान्सलाई सही प्रयोगको लागि वित्तीय साक्षरता कक्षा सञ्चालन र वैदेशिक रोजगारको कारण उत्पन्न मानसिक समस्यालाई कम गराउनको लागि निःशुल्क मनोपरामर्श सेवा सञ्चालन भईरहेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा पत्रकार र सामी परियोजनाको विषयमा समन्वय र सहकार्य गरेर वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउनको लागि साझा अभियान बनाएर अघि बढ्ने विषयमा पनि छलफल भएको थियो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले सामी परियोजनाबाट भईरहेको गतिविधिहरु प्रभावकारी भएको भन्दै यो स्थानीय तहको आफ्नै कार्यक्रम भएको समेत बताउनु भएको थियो । केन्द्रबाट पैसा आए पनि नआए पनि यो कार्यक्रमलाई निरन्तरता दिने भन्दै उहाँले आगामी दिनमा यसलाई थप व्यवस्थित बनाईदै लैजाने समेत बताउनुभयो । कार्यक्रममा पत्रकार सम्मेलन मार्फत नीलकण्ठ नगरपालिबाट यस आर्थिक वर्षमा भएका कामहरुको विषयमा जानकारी गराईएको थियो । नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले चालु आर्थिक बर्षमा भएका कामहरुको विषयमा जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस