धादिङ २४ आषाढ
बिहिबार धादिङमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा नीलकण्ठमा ३९, गंगाजमुनामा १२, रुबिभ्यालिमा ३, गजुरीमा २, ज्वालामुखीमा ६, नेत्रवतीमा २, धुनिबेसीमा १, त्रिपुरासुन्दरीमा १, थाक्रेमा ८, जिल्ला अस्पतालमा स्वाव संकलन गराएकाहरुमध्ये १२ गरेर जिल्लामा ८६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै बिहिबार डिस्चार्ज हुनेको संख्या ५० रहेको छ ।
हाल जिल्लाभित्र ५ सय ४४ र जिल्ला बाहिर १३ गरेर धादिंङमा सक्रिय संक्रमितको संख्या ५ सय ५७ रहेको छ । जिल्लाभित्र हस्पिटल आइसोलेसनमा १६, संस्थागत आइसोलेसनमा १२ र होम आइसोलेसनमा ५ सय १६ रहेका छन्।् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा ३ र होम आइसोलेसनमा १० जना रहेका छन्।् । बिहिबार गजुरीमा ४ जनाको स्वाब संकलन भएको छ । बिहिबार जिल्लाभर १सय २४ एनटीजेन परीक्षण गर्दा ५१ जनामा पोजिटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस