धादिङ २३ आषाढ
बुधबार धादिङमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टी हुनेहरुमा गजुरीमा ५, नीलकण्ठमा १, धुनिबेसीमा ६, गल्छीमा ११, बेनिघाटमा २, ज्वालामुखीमा १, त्रिपुरासुन्दरीमा ९, गंगाजमुनामा ५, नेत्रवातीमा २, धादिंग अस्पतालमा स्वाव संकलन गराएकाहरुमध्ये १३ गरेर ५५ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै बुधबार निको हुनेको संख्या ६० रहेको छ ।
जिल्लाभित्र ४ सय ९८ र जिल्ला बाहिर २३ गरेर धादिंगको सक्रिय संक्रमितको संख्या ५ सय २१ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १६, संस्थागत आइसोलेसनमा १७ र होम आइसोलेसनमा ४ सय ६५ रहेका छन्।् भने जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा ५ र होम आइसोलेसनमा १८ जना रहेका छन्।् । बुधबार जिल्लामा १ सय २ एन्टिजेन परीक्षण गरिएकोमा ५१ जनामा पोजिटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस