धादिङ २२ आषाढ
जनयुद्धका महान् सहिद गणेश तामाङ(द्धन्द्धु) र राजु दाहाल(सागरको स्मृति दिवस धादिङवेसीमा सम्पन्न भएको छ । शहिद राजु दाहालका भाइ द्धारिका दाहालको अध्यक्षतामा भएको स्मृति दिवसमा माओवादी नेता तथा जनयुद्धका जिउदा शहिद राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै माओवादी केन्द्रका नेताहरु दिपक विश्वकर्मा, चन्द्रबहादुर सिलवाल, रामसिंह तामाङ, अमृत तामाङ, केशरी प्रसाद पन्त लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेता भण्डारीले सहिदहरुको बलिदानीपूर्ण इतिहासको अपमान गर्ने अधिकार कसैलाई पनि नभएको भन्देै १० वर्षे जनयुद्धको उपलब्धी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको हत्या गर्ने गरी प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी अगाडि बढेको बताउनु भयो ।
नुवाकोटको तारुका प्रहरी चौकी आक्रमणको क्रममा २०५८ साल असार २२ गतेसहादत प्राप्त गरेका दार्खा निवासी गणश तामाङ द्वन्दु र नीलकण्ठ नगरपालिका निवासी राजु दाहाल सागरको उक्त स्मृति दिवसको कार्यक्रममा चौकी आक्रमणमा सहभागि दिनेश तामाङले घटनाको बारे आफ्नो अनुभुति व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस