धादिङ २२ आषाढ
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाको अवधि धादिङमा ३१ गतेसम्म लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको अध्यक्षतामा बसेको जिल्लास्थित संकट व्यवस्थापन केन्द्रको बैठकले जारी लकडाउनलाई खुकुलो बनाउँदै होटल तथा रेस्टुरेन्टहरु, स्वीमिङ पुल, हाट बजार, फुटसल, जिमखाना, फिटनेस सेन्टर, सैलुन र ब्युटि पार्लर बाहेकका पसल व्यवसायहरु तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस