धादिङ १९ आषाढ
शनिबार धादिङमा १४ जना कोरोना संक्रमित थपिएका छन् भने १७ जना निको भएका छन् । स्वास्थ्य कार्यालय धादिङका अनुसार थपिएका संक्रमितहरुमा जिल्ला अस्पताल धादिङमा स्वाव संकलन गराएका ९ जना, रुविभ्याली गाउँपालिकाका २ जना र ज्वालामूखी गाउँपालिकाका १ जना रहेका छन् । हाल जिल्लाभित्र ५ सय २६ र जिल्ला बाहिर ४४ गरेर कुल ५ सय ७० सक्रिय संक्रमितहरु रहेका छन् ।
यस्तै जिल्लाभित्र हस्पिटल आइशोलेशनमा ६ जना, संस्थागत आइशोलेशनमा २१ जना र होम आइशोलेशनमा ४ सय ९९ जना रहेका छन् भने जिल्ला बाहिर हस्पिटल आइशोलेशनमा ७ र होम आइशोलेशनमा ३७ जना रहेका छन् । जिल्लामा शनिबार ३४ एन्टिजेन परीक्षण गरिएकोमा १४ जनालाई पोजेटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस