धादिङ १८ आषाढ
शुक्रबार धादिङ–पोखरा सम्पर्क समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ७८ जनाले रक्तदान गरेका छन् । धादिङ–पोखरा सम्पर्क समाजको चाहाना, निश्वार्थ समाज सेवाको भावना भन्ने मूल नाराको साथ पोखरा स्थित सभा गृह चोकमा १८ औं रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समाजका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ र युवराज खतिवडाले समाजलाई सामाजिक संस्थाको रुपमा अघि बढाउन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा संयोजक कुमार आचार्य, त्रिपुरासुन्दरी गाउँपालिका इकाइका संयोजक सुदर्शन बसौला, ज्वालामुखी इकाइमा अध्यक्ष शेरबहादुर अधिकारी, सिद्धलेक इकाइका अध्यक्ष रामप्रसाद दुवाडीले पनि मन्तव्य राखेका थिए । कार्यक्रम समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस