धादिङ १८ आषाढ
धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा ४२ जना कोरोना संक्रमित थपिएका छन् भने ३३ जना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार शुक्रबार थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका १८, गंगाजमुना गाउँपालिकाका ४, धुनीबेसी नगरपालिकाका १२, गजुरी गाउँपालिकाका १, थाक्रे गाउँपालिकाका १, रुबीभ्याली गाउँपालिकाका ३, गल्छी गाउँपालिकाका ३ गरी ४२ रहेका छन् ।
जिल्लाभित्र ५२९ र जिल्ला बाहिर ४४ गरेर हाल धादिङमा ५७३ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाभित्र हस्पिटल आईशोलेशनमा १६ जना, संस्थागत आईशोलेशनमा २२ जना र होम आईशोलेशनमा ४९१ रहेका छन् भने जिल्ला बाहिर हस्पिटल आईशोलेशनमा ७ जना र होम आईशोलेशनमा ३७ जना रहेका छन् । जिल्ला अस्पताल धादिङमा १५ र सिद्धलेक गाउँपालिकामा १० गरेर शुक्रबार २५ स्वाव संकलन भएको छ । ४३ एन्टिजेन परीक्षण मध्ये २४ पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस