धादिङ १५ आषाढ
धादिङ जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण लार्ई रोकथाम र नियन्त्रण गर्नका लागि २०७८ वैशाख २१ गतेबाट थन्किएका सार्वजनिक यातायात करिब २ महिनापछि स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्दै स्वीकृत मापदण्ड अनुसार सिट क्षमता भन्दा बढी यात्रु नराखी, आलोपालो प्रणाली अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्रको बैठकले मङ्गलबार निणर्य गरेको हो ।
प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले जारी लकडाउनलाई खुकुलो बनाउँदै होटल तथा रेस्टुरेन्टहरु, स्वीमिङ पुल, हाट बजार, फुटसल, जिमखाना, फिटनेस सेन्टर, सैलुन र ब्युटि पार्लर बाहेकका पसल व्यवसायहरु तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी बिहान ६ बजेदेखि दिउसो ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ । यस्तै सार्वजनिक सेवा र विकास निर्माणसँग सम्बन्धित सम्पूर्ण सरकारी कार्यालयहरु सेवाग्राहीको चाप अनुसार आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले निषेधाज्ञालाई आषाढ २२ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस