धादिङ,१४ असार ।
पछिल्लो समय धादिङ लगायत देशभर गरिएको अनुसन्धानबाट नेपालमा कुल जनसंख्याको २८.६२ प्रतिशत गरिबीको रेखामुनि रहेको फियान नेपालका कार्यकारी निर्देशक अशोक सिंले बताउनुभएको छ । सोमबार खाद्यअधिकार प्रवद्र्धनमा पत्रकार विषयमा धादिङका पत्रकारहरुसँग गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सिंहले सो कुरा बताउनु भएको हो ।
अरु दीर्घकालिन तथा घातक रोग लागेर भन्दा पनि भोकमरीबाट बढी मृत्यु हुने गरेको अनुसन्धानकर्ताहरुले बताएका छन् । विभिन्न संघसंस्था, सरकारले जहा भोकमरी छ त्यहा राहत उपलब्ध गराउने गरेको पाइन्छ तर भोकमरीको दीर्घकालिन समस्यातर्फ भने सकैले चासो नदिएको सिंले बताउनुभयो । राहत मात्र उपलब्ध गराएर खाद्यअधिकार स्थापित हुन नसक्ने भएकोले नीति निर्माण तहबाटै भोकमरीको दीर्घकालिन समाधान गर्न जोड दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस