धादिङ,१२ असार ।
वनजंगलबाट धेरै लाभ लिन सकिने भएकोेले नागरिकको आम्दानीको रुपमा लैजाने गरि बनको संरक्षण र व्यवस्थापन गर्नुपर्ने वनविज्ञ विजयराज पौडेलले बताउनुभएको छ । सदरमुकाम धादिङबेशीमा बसेको जिल्ला बन क्षेत्र समन्वय समितिको बैठकमा वनविज्ञ पौडेलले सो कुरा बताउनु भएको हो ।
उक्त बैठकमा वनविज्ञ पौडेलले जिल्लामा लागु गर्न लागेको राष्टिय बन क्षेत्रको दिगो व्यवस्थापनको लागि प्रस्तावित गणेश हिमाल संरक्षित बन व्यवस्थापन कार्ययोजना २०७८ प्रस्तुत गर्नुभएको थियो । विशेष त उत्तरी धादिङको उपल्लो क्षेत्रहरु सत्यदेवी, दार्खा, झार्लाङ, सेर्तुङ, तिप्लिङ,लापा, फुलखर्कमा रहेका बन, वातावरणको अध्ययन अनुसन्धानपछि त्यस क्षेत्रको संरक्षण र व्यवस्थापन गर्न कार्ययोजना तयार पारिएको बताउनुभयो ।
अहिले विकास निर्माणको काम गर्ने क्रममा बन तथा वातावरणको संरक्षणमा ध्यान नदिदा पहिरो जाने समस्या निम्तिएको भन्दै विकासको काम गर्दा वातावरणीय पक्षलार्ई पनि ध्यान दिनुपर्ने बताउनुभयो । स्थानीयहरुको सहभागितामा वन तथा वातावरणको संरक्षण गर्दै जिविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले कार्ययोजना तयार पारिएको पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस