धादिङ,१२ असार ।
पछिल्लो समय पत्रकारीताको नाममा विभिन्न विकृतीहरु फैलिदै गएकोले आफ्नो पेशाप्रति मर्यादित भएर पत्रकारीता गर्न प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आग्रह गरेका छन् । प्रेस काउन्सिल नेपालले शनिबार धादिङबेसीमा आयोजना गरेको कोभिडको कारण संचार माध्यममा परेको समस्या र श्रमजीवी पत्रकारको अवस्थाका विषयमा भएको अन्तरक्रियामा सो कुरा बताएका हुन् ।
कोभिड संक्रमित पत्रकारको निशुल्क उपचार, अनलाइनको लागि लोककल्याणकारी बिज्ञापन र युटुब ब्यवस्थापन गर्न मापदण्ड बनाउने विषयमा अध्ययन गरिरहेको पनि बस्नेतले जानकारी दिए । कोभिडका कारण प्रभाबित बनेका संचाकर्मीलाई राहत स्वरुप लेखनबृत्ती कार्यक्रम ल्याउन लागेको बताए ।
उक्त अन्तरक्रियामा स्थानीय संचार माध्यम बिज्ञापनमुखी बन्दै गएको धादिङका पत्रकारहरुले गुनासो गरेका छन् । ‘जिल्लामा रहेका धेरैजसो रेडियो, अनलाइनहरु स्थानीय निकायकै बिज्ञापनको भरमा बाच्नुपर्ने र उनीहरुले स्थानीय निकायको गलत कामको बिरुद्ध लेख्न नसक्ने अवस्था सिर्जना भएको, पुर्ण प्रमाण बिना लेखिएका र सामाजिक संजालमा आएका सुचनाको आधारमा समाचार बनाउने प्रवृत्ति बढेको लगाएतका गुनासो राखेका थिए ।
त्यस्तै कोभिडको संकटमा संचागृहले तलब नदिदा राष्ट्रिय तथा स्थानीय संचारगृहमा काम गर्ने पत्रकार समस्यामा परेका छन् । कोभिड सुरु भएदेखि आफुहरुको पेशा नै संकटमा परेको पनि पत्रकारहरुले गुनासो गरेका छन् । यसैगरी कोभिडका कारण सिङ्गो संचारगृह संकटमा परेको नेपाल पत्रकार महासंघ धादिङका पुर्व अध्यक्ष नवराज छत्कुलीले बताए । पत्रकार र संचारगृह संचालकको गुनासो सुनुसकेपछि प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले श्रमजीवी पत्रकारको सुझाव सल्लाह अनुसार काउन्सिल अघि बढ्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस