धादिङ,१२ असार ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलन कार्य साउनको अन्तिम हप्तादेखि सुरु गर्ने तयारी गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले साउनको अन्तिम हप्तादेखि तथ्याङ्क सङ्कलन सुरु गरेर असोजको पहिलो हप्तामा सक्ने गरी तयारी भएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो ।
जनगणना सुरु गर्नको लागि तयार भएको प्रस्ताव भोलि बस्ने निर्देशक समितिको बैठकमा लैजाने र निर्देशक समितिले प्रस्ताव स्वीकृत गरेमा प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा जानेछ । मन्त्रिपरिषद्बाट स्वीकृति दिएमा आफूहरु साउनको अन्तिम हप्तादेखि तथ्याङ्क सङ्कलनका लागि तयार रहेको रेग्मीले जानकारी दिनुभयो । गएको वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले बढ्दो कारोना सङ्क्रमणका कारण असहज परिस्थिति निर्माण भएको भन्दै जनगणनाका सम्पूर्ण गतिविधि स्थगन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस