धादिङ जेष्ठ २५
धादिङबेसी यही जेष्ठ २३ गतेबाट जारी प्रथम नीलकण्ठ नगरपालिका मेयर कप अन्तरगत छात्र भलिबलको उपाथी धादिङबेसीस्थित धादिङ बोर्डिङ स्कुलले चुमेको छ । फाइनल खेलमा पशुपति माध्यमिक विद्यालय नीलकण्ठ १२ सँग खेलेको धादिङ बोर्डिङले ५ सेटमा लगातार ३ सेट जित हात पारेको हो । नीलकण्ठ नगरपालिकाको आयोजनामा भएको खेलमा प्रथम स्थान हासिल गरेको धादिङ बोर्डिङले नगद ४० हजार पुरस्कार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै द्धितीय भएको पशुपति माध्यमिक विद्यालयले ३० हजार नगद प्रमाणपत्र मेडल र ट्रफि हात पारेको छ ।
छात्रातर्फको भलिबलमा पनि धादिङ बोर्डिङ सान्तोना बनेको छ । नियमित पठन पाठन मात्र नभएर खेल तथा अतिरिक्त कृयाकलापमा पनि धादिङ बोर्डिङ अग्र स्थानमा रहेको कुरा यो जितले सावित गरिदिएको गणेश हिमाल क्याम्पसका क्याम्पस प्रमुख ईश्वरी पाण्डेले बताउनु भयो । यो जितले खेलाडी विद्यार्थीहरुमा र विद्यालयलाई नयाँ ऊर्जा प्रदान गरेकाले अझै अतिरिक्त कृयाकलाप र खेलकुदलाई व्यवस्थित र नयाँ ढङ्गले विकास गर्दै लाने समेत पाण्डेले बताउनु भयो । प्रतियोगितामा कक्षा ११÷१२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस