धादिङ,११ असार ।
धादिङको गल्छि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा आर्थिक विकास, कृषि, पूर्वाधार, पर्यटन, सिचाँई पुर्वाधार मर्मत तथा सुधार, बिधुतिकरण स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्दै आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका अल्पसङ्ख्यक तथा पछाडी परेका बर्ग तथा समुदायलाई विकासको मुलधारमा ल्याई विकास निर्माण पक्रियामा सहभागि गराउने, कृषी क्षेत्रको व्यवसायीकरण, बिबिधिकरण र आधुनिकिरण गर्ने, उत्पादनशिल क्षेत्रमा लगानी गर्ने, युवाहरुलाई कृषी पेशामा आकर्षित गराईने छ ।
प्रतिक्रिया दिनुहोस