धादिङ,११ असार ।
धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ लागि कूल ३९ करोड १० लाख ९४ हजार रुपैंयाको बजेट विनीयोजन गरेको छ । विनियोजित बजेटमा बित्तीय समानीकरण सङघ ९ करोड ८७ लाख, बित्तीय समानीकरण प्रदेश ८० लाख ९० हजार, सर्सत सङ १२ करोड १० लाख, सर्सत प्रदेश १ करोड ९६ लाख ५५ हजार रहेको गाउँपालिका उपाध्यक्ष उर्मिला तामाङले जानकारी दिनुभयो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ लागि आन्तरिक आय ६७ लाख, राजस्व वाडँफाड सङघ ५ करोड १५ लाख ३९ हजार, राजस्व वाडँफाड प्रदेश १ करोड २० लाख, विशेष अनुदान केन्द्र १ करोड ६६ लाख, समपुरक अनुदान केन्द्र २७ लाख, समपुरक अनुदान प्रदेश २ करोड ५० लाख र संचित मौज्दात कोष ३ करोड गरी कुल बजेट ३९ करोड १० लाख ९४ हजार रुपैंया रहेको छ । यस्तै बजेटको व्यय शीर्षकमा चालु खर्च र स्वास्थ्यकर्मी करारतर्फ र पन्ध्र शैया अस्पताल डाक्टर तलब भत्ता ९ करोड ५० लाख, प्रकोप व्यवस्थापन कोषमा ७६ लाख, कृषीतर्फ १३ लाख ५० हजार, पशु विकास शाखामा ११ लाख, शिक्षा शाखामा १५ लाख ९४ हजार र स्वास्थ्य शाखामा ७४ लाख ५३ हजार बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस