धादिङ,१० असार ।
सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को लागि आर्थिक विकास, कृषी, पूर्वाधार, पर्यटन, सिचाँई पुर्वाधार मर्मत तथा सुधार, बिधुतिकरण स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रलाई समेट्ने गरी करिब रु ५५ करोड बराबरको बजेट ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष सिलवालले जानकारी दिनुभएको छ ।
बिहिबार सम्पन्न गाउँसभामा अध्यक्ष प्रेमनाथ सिलवालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका अल्पसङ्ख्यक तथा पछाडी परेका बर्ग तथा समुदायलाई विकासको मुलधारमा ल्याई विकास निर्माण पक्रियामा सहभागि गराउने, कृषी क्षेत्रको व्यवसायीकरण, बिबिधिकरण र आधुनिकिरण गर्ने, उत्पादनशिल क्षेत्रमा लगानी गर्ने,युवाहरुलाई कृषी पेशामा आकर्शित गर्ने,अध्यक्ष र उपाध्यक्ष राहत कार्यक्रम अघि बढाईने बताउनु भएको हो ।
यस्तै सडक स्तारोन्नती तथा कालेपत्रे गर्ने,खानेपानी स्रोत खोजि एक घर एक धाराको निति अनुसार बाँकी रहेका घरधुरीमा खानेपानी पुर्याउने, फलफूल तरकारीका लागि प्राविधिक सहयोग, मल, बीउ, भिटामिन, तालिमको व्यवस्था, सुक्खा एवं बाँझो जग्गामा कृषिलाई प्रोत्साहन गरी कृषि उत्पादन र उत्पादकत्व बढाइने, कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस