गोरखा, १० आषाढ
गोरखाको भिमसेनथापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ६२ करोड ५२ लाख ४६ हजारको बजेट प्रस्तुत गरेको छ । चालुतर्फ ३२ करोड ४८ लाख १४ हजार र पूजीँगततर्फ ३० करोड ४ लाख ३२ हजार बजेट विनियोजन गरिएको उपाध्यक्ष विनु वाग्लेले जानकारी दिनुभयो । बिहिवार आठौँ गाउँसभामा अध्यक्ष ईश्वर पाण्डेले नीति तथा कार्यक्रम र उपाध्यक्ष विनु वाग्लेले बजेट प्रस्तुत गर्नुभएको थियो ।
संघिय सरकार, प्रदेश सरकारबाट आउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी लगायतलाई आम्दानीको स्रोतको रुपमा पालिकाले लिएको छ । ‘कृषि, पर्यटन, पूर्वाधारः भिमसेनथपा गाउँपालिका संमृद्धिको मूल आधार’ भन्ने नाराका साथ आगामी वर्षको बजेटलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनु भयो ।
बजेटमा कोभिड–१९ महांमारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक असर न्यूनीकरण गर्न पूर्वाधार विकास, कृषि, स्वास्थ्य, पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उपाध्यक्ष वाग्लेले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस